१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


इण्डोनेशिया रङ्गशाला: मृत्यु हुनेकाे संख्या १७४ पुग्याे, करिब २०० घाइते


1.196k
Shares

काठमाडौं । इण्डोनेशियाको जाभास्थित फुटबल खेलकाे भागदौड मच्चिंदा करिब १ सय ७४ जनाको मृत्यु भएको छ ।

साेही घटनामा १ सय ८० जना घाइते भएका हुन् । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिंएर दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । पूर्वीजाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो ।

त्यस लगत्तै प्रहरीले टियर ग्याँस प्रहार गरेको र त्यसपछि भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताएका छन् । मृत्यु हुनेमा २ जना प्रहरी अधिकारीहरू पनि रहेको जनाइएकाे छ । ३४ जनाको मृत्यु रंगशालाभित्रै र बाँकीको अस्पतालमा भएको प्रहरीले जनाएको छ । इन्डोनेशियाको फुटबल एशाेसिएसनले घटनाको छानबिन सुरु गरेको छ ।

त्यहाँको शीर्ष लिग बीआरआई लिग वान एक हप्ताको लागि स्थगित गरिएको छ ।