१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अफगानिस्तानमा राष्ट्रपति घानीले सम्बोधन गरिरहँदा रकेट आक्रमण


0
Shares

काठमाडौं, भदौ ५ । अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति अशरफ घानीले इद अल–अदाको अवसरमा सम्बोधन गरिरहँदा मंगलबार रकेट आक्रमण भएको छ ।

उनले टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरिरहेका थिए ।

कूटनीतज्ञहरुको निवासमा गरिएको आक्रमण राष्ट्रपतिको निवासनजिक भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आक्रमणबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

आक्रमणपछि रखा खान क्षेत्रको आकाशमा धुवाँ र हेलिकोप्टर उडेको देखिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

रकेट आक्रमणलगत्तै त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । आक्रमण कसले गरायो भन्ने प्रस्ट भइसकेको छैन ।

उता, राष्ट्रपति घानीले इदका अवसरमा युद्धविरामका लागि गरेको प्रस्ताव आतंकवादी समूह तालिबानले अस्वीकार गरेको छ । (एजेन्सी)