कन्चनपुर । महामारीको बेला पनि सरकार संवेदनसिल नभएको भन्दै कञ्चनपुरका युवाले प्रदर्शन गरेका छन् ।
बुधबार बिहान महेन्द्रनगरको मदनचोकमा स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले सरकारले महामारीका बेला देखाएको लापरवाही विरुद्ध खबरदारी गरेका हुन् ।
उनीहरुले दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
जनताको स्वास्थ्य र जीवनसँग खेलवाड गर्दै विपद्का बेला नेताहरुकै पारिश्रमिक बढाउनु दुःखद् भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका युवाहरुले क्वारेन्टिनमा महिला बलात्कृत हुनु, कोरोनाबाट मर्नेको संख्यामध्ये अधिकांशको क्वारेन्टिनमा बस्नेहरु हुनुु र मरेपछि मात्रै पिसिआर परीक्षण गरिनु दुर्भाग्य भएको भन्दै सरकारलाई बेलैमा जवाफदेही हुन ध्यानाकर्षण समेत गराएका छन् ।
युवाहरुले पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनु समेत माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्