Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


स्वास्थ्यकर्मी संक्रमित भएपछि वडा कार्यालय बन्द


0
Shares

नारायणपुर, असार २ । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ ।

स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३  नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ ।

बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने  उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए ।

घोराही –१७ का १७  र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ । रासस