Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


सिन्धुलीमा खैँजडी भजन संरक्षण अभियान


234
Shares

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रका जलकन्या, खाङसाङ लगाएतका आसपासका क्षेत्रका स्थानीय नेपाली परम्परागत लोककला र संस्कृति संरक्षण गर्ने उदेश्यले लोपुन्मुख खैँजडी भजनलाई संरक्षण गर्न थालिएको छ ।

नेपाली मौलिक कला र संस्कृति नेपालको विशिष्ट पहिचान भएको ठहर गर्दै जिल्लाका ग्रामिण भेगमा बस्ने क्षेत्री बाहुनको लोक भजनलाई घरायसी कर्ममा तथा सरकारी कार्यक्रमहरूमा समेत प्रस्तुत गर्ने अभिायानको थालनी गरिएको छ ।

नेपाली लोक खैँजडी भजनमा दुईदेखि तीन जनाले धार्मिक ग्रन्थहरूका श्लोकहरू गाउने र दुईदेखि ६ जनासम्मले नेपाली लोक बाजा खैँजडी बजाएर घुम्दै उफ्रदै नाच्ने गरिन्छ ।

विगतमा नेपाली लोक खैँजडी भजन नाचहरूलाई मेलाजात्रामा समेत प्रस्तुत गरिने गरिन्थ्यो तर, पछिल्लो समयमा पश्चिमा सस्कृतिको चलनचल्तीले मेलाजात्राहरू समेत हराउँदै जान थालेपछि स्थानीय बुढापाकाहरूसँगको सल्लाहमा स्थानीय युवाहरूले खैँजडी भजनलाई संरक्षण गर्ने अभिायानको थालनी गरेका हुन् ।

खासगरी महाभारत र गढतिर क्षेत्रका ग्रामिण बस्तीहरू मातागाधारी क्षेत्रीबाहुन समुदायमा खैँजडी भजनलोक प्रिय मानिन्छ । समाजमा लोप हुन लागेको खैँजडी भजन संस्कृतिको संरक्षणका लागि पछिल्लो समयमा मगर र गुरुङ समुदायले समेत भजन गाउने र नाच्ने गरेको पाइन्छ ।

Skip This