Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सिन्धुलीमा निर्माण सामग्रीमा मनपरी मूल्य


208
Shares

सिन्धुली । सिन्धुलीमा निर्माण सामग्रीहरूको बिक्री वितरण गर्दै आएका पसलहरूले निर्माण सामग्रीहरूको आफू खुसी मुल्य निर्धारण गर्न थालेपछि ग्राहकहरू पीडित बन्दै आएका छन् ।

सिमेण्ट, रडलगायतका निर्माण सामग्रीहरू विकास निर्माण तथा निर्माणाधीन आयोजनाका लागि बेच्दा जिल्लाका व्यापारीहरूले मनपरी मूल्य लिएर बिक्री गरिरहेका हुन् ।

जिल्लामा सञ्चालित विकास निर्माणका ठूला तथा साना आयोजनाहरूका लागि चालिने इटा, बालुवा, गिटी, रड, सिमेन्ट, सेनिटरी आइटमहरू समेत व्यापारीहरूले आफू खुसी मूल्य निर्धारण गर्दा क्रेताहरू पीडत बनेको स्थानीय अर्जुन नेपालीले बताए ।

सदरमुकाम सिन्धुलीमाढीको बीपी राजमार्ग आसपास दैनिक निर्माण सामग्रीलोड–अनलोड गर्नेहरूको भिड लाग्ने गरेको छ । ठूला मालबाहक ट्रकमा ल्याइएका निर्माण सामग्री सदरमुकाममा भण्डारण गरेर पहाडी जिल्लाहरूमा निर्यात हुने गरेको छ ।

तर, स्थानीय व्यापारीहरूले दशैँ तिहारका समयमा आफू खुसी सामग्रीको मूल्य बढाएर बिक्री गरिरहँदा अनुगमनकारी निकाय भने मौन छन् ।