Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर हुन सकेन : कांग्रेस


0
Shares

काठमाडौं, असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणको काममा सरकार गंभीर हुन नसकेको निश्कर्ष निकालेको छ ।

कोरोनाका कारण उत्पन्न परिस्थितीको सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित समितिले सोमबार सानेपामा गरेको पत्रकार सम्मेलनमाफर्त १४ बुँदे ध्यानाकर्षण गराउँदै जनतालाई राहात दिने र जीवन रक्षामा लाग्नु पर्ने बेला सरकार भ्रष्टचारमा लिप्त आरोप लगाएको हो ।

पार्टी सहमहामन्त्री समेत रहनुभएका अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सरकारले १० अर्ब कोरोना संकटको नाममा खर्च भएको भनेपनि सरकारी निकायबाटै अलग अलग तथ्यांक आउँदा व्यापक भ्रष्टचार भएको देखाउने भन्दै निष्पक्ष छानबीनको माग गरे ।

समितिले आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउन, आम नागरिकको न्यूनतम आवश्यकता पूर्ति गर्न आर्थिक प्याकेजको व्प्यवस्था गर्नु पर्ने, विदेशबाट फर्कन चाहने नेपालीलाई सामाजिक सुरक्षा कोषको रकम प्रयोग गर्न माग गरेको छ ।

यस्तै क्वारेन्टिन व्यवस्थापन र सुरक्षाको माग गर्दै खाद्यान्न र कृषि क्षेत्रमा विउविजन र रासायनिक मलको व्यवस्था गर्न माग गरिएको छ ।