Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


सल्यान जीप दुर्घटना अपडेट : ज्यान गुमाएका ८ जनाकै पहिचान खुल्यो


104
Shares

काठमाडौं । सल्यानको कपुरकोटमा भएको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै पहिचान खुलेको छ ।

बाँकेको कोहलपुर ढकेरीबाट सल्यानको रिङ जाँदै गरेको जीप कपुरकोट गाउँपालिकाको मुलपानी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

जीपमा नौ जना रहेकोमा एक जना मात्रै बाँचेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी जीप चालक कपुरकोट–६ जलवाङका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षीय ललित वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका स्थानीय ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भैरहेको छ ।

जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।