Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?


429
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ।

समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे ।

महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीमा चौथो नम्बरमा छ ।

त्यस्तै महतले डा. शेखर कोइराला समूहले गरिरहेकाे विरोध अनावश्यक रहेकाे बताउनुभयाे । उहाँले कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे,’समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको हाे, कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची बनेकाे छैन, त्यसैले अहिले काेइराला समुहले गरिरहेकाे विरोध अनावश्यक र पार्टीको हितमा छैन।’

उहाँका अनुसार पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो समानुपातिक सूची पेश भएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘ केही कमीकजाेरी हाेलन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही काम भएकाे छैन।’