काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ८३ दिनपछि आजबाट सरकारी कार्यालय खुलेका छन् ।
लकडाउनका कारण सर्वसाधारणको दैनिकी चलाउन असहज भएको भन्दै सरकारले आज(सोमबार)बाट स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सरकारी कार्यालयहरुको सेवा सुचारु भएको हो ।
सरकारको निणय अनुसार आजबाट सरकारी तथा गैरसरकारी कार्यालयहरुले साविककै रुपमा सेवा प्रवाह गर्ने भएका छन् ।
आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी तथा संघसंस्थाहरुको वार्षिक तथा लेखा कर फस्र्यौट गर्नुपर्ने भन्दै सरकारी कार्यालयहरुको सेवा पुनः संचालन गर्न थालिएको हो ।
लामो समयदेखि लकडाउनका कारण नागरिकले सेवा लिन नपाएको भन्दै दुई सिफ्टमा सरकारी कार्यालयहरुले सेवा दिने भएका छन् ।
पहिलो चरणमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो चरणमा १ बजेदेखि साँझ ६ बजेसम्म सेवा संचालन हुने बताइएको छ ।
सेवाग्राही र कर्मचारीको भीडभाड र चाप घटाउन दुई सिफ्टमा सेवा दिन लागिएको हो ।
त्यसैगरी सबै सरकारी कार्यालयमा प्रवेश गर्नुअघि कर्मचारी र सर्वसाधारणको ज्वरो नाप्नुका साथै हात धुने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया दिनुहोस्