Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


क्वारेन्टाइनमा राख्न लैजाँदै गर्दा एक युवाले भीरबाट हामफाले


0
Shares

-लक्ष्मीप्रसाद सापकोटा/ईमेज

पर्वत । क्वारेन्टाइनमा राख्नका लागि बसमार्फत जाँदै गरेका एक युवाले पर्वत कुस्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन ।

बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्दार गरि बाग्लुङतर्फ जाने क्रममा बस रोकेको मौकापारी भीरबाट हामफालेका नेपाली गम्भीर घाइते भएका छन ।

घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भैरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिए ।

लु२ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो ।

सडकको अबस्थाका कारण अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हाम फालेका हुन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।