Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


अस्पतालको शवगृहबाट ढोका फोरेर जबरजस्ती शव लगियो


0
Shares

पर्वत । कोरोना संक्रमणको परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबरजस्ती उठाएर आइतबार दाहसंस्कार गरेका छन् ।

गम्भीर बिरामी भएका कुश्मा नगरपालिका–४ पदमबहादुर परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परिक्षण गर्न अस्पतालको शवगृहमा राखिएको थियो ।

तर आफन्तले कोरोना परीक्षणको रिर्पोट नआएको र बिरामीमा कोरोना नभएको भन्दै शवगृहको ढोका फोरेर शव लगेको अस्पतालले जनाएको छ ।

शनिबार परियारको स्वाव संकलन गरी पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न पठाइएको थियो ।

आइतबार दिउँसो ४ बजेसम्म रिपोर्ट आउने प्रतिक्षामा डाक्टरहरु थिए ।

आफन्तले अस्पतालमा शव ल्याउनसमेत नमानेको र ल्याएपछि पनि अस्पतालमा तोडफोड गर्न थालेपछि जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलको उपस्थितिमा सहमति कायम गरेर स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको थियो । मृतक परियार विगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित थिए ।