Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या नौं पुग्यो, एक जना अझै बेपत्ता


0
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।

थप एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  पहिरोमा पुरिएर हराइरहेका १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन् ।

९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ ।

शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो । त्यसक्रममा १० जना पुरिएका थिए ।