Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


झापामा लुटपाट गर्ने दुइ जना पक्राउ


0
Shares

झापा । लुटपाटमा संलग्न २ जनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का मन्त चेम्जोङ र मनकुमार बुढाथोकी छन् ।

अर्जुनधारा–४ का अनुप भनिने आइत सुब्बाको बिर्तामोडको कृषिथोक बजार अगाडिबाट नगद र मोबाइल लुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई प्रक्राउ गरेको हो ।

सुब्बाले बिर्तामोडको ग्लोबल आइएमई बैंकबाट निकालेर लगेको दुई लाख १२ हजार रुपैयाँ मध्ये उनीहरुले एक लाख ५० हजार रुपैयाँ र मोबाइल लुटेको बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

पक्राउ परेकाहरुको साथमा ९० हजार नगद फेला परेको छ । दुई वटा मोबाइल र एउटा मे ४ प ३२५ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यसअघि पनि विभिन्न घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।