दैलेख । नारायण नगरपालिका वडा नम्बर–१ को त्रिभुवन उच्च माध्यमिक विद्यालयमा राखिएका कोरोना संक्रमितहरु र प्रहरीबीच झडप भएका छ ।
झडपमा प्रहरीले लाठिचार्ज गरेपछि ४ जना घाइते भएका छन् । उनीहरुरुलाई उपचारको लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल लगिएको छ ।
आाईसोलेसनमा बसेको महिना दिन पुग्दा समेत पुन स्वास्थ्य जाँच नगराएको, पीसीआरमा पोजेटिभ देखिएका र आरडिटीमा पोजेटिभ देखिएकालाई एकै ठाउँमा राखिएको, आईशोलेसनमा खाना र बस्नको व्यवस्था राम्रो नभएको भन्दै उनीहरु घरजान निस्केपछि प्रहरीसँग झडप भएको हो ।
घाइतेहरुको टाउको, गोडा र ढाडमा चोट लागको छ । उनीहरुलाई विद्यालय भवनबाट बाहिर जान नदिई नियन्त्रण गर्न खोज्दा झडप भएको दैलेखका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए । उक्त विद्यालयको आइसोलेसनमा ३४ जना कोरोना संक्रमित छन् ।









प्रतिक्रिया दिनुहोस्