१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्याङ्जामा जीप दुर्घटना, एकजनाको मृत्यु, एकै परिवारका ६ घाइते


247
Shares

स्याङ्जा, जेठ ३१ । स्याङ्जाको भीरकोट नगरपालिकामा शनिबार एक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १६ वर्षीया किशोरी दुर्गा अर्याल रहेको जनाइएको छ ।

घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।

बिरामी लिएर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्नेहरु एकै परिवारका रहेको जनाइएको छ ।