Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सल्लाघारीमा युवाहरु सरकारविरुद्ध सडकमा, ‘जेल हाल्ने धम्कीको डर छैन’


0
Shares

भक्तपुर, जेठ ३० । भक्तपुरको सल्लाघारीमा पनि युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।

सरकार अत्यन्त गैरजिम्मेवार बनेको भन्दै शुक्रबार पोस्टर र प्लेकार्ड लिएर युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

भौतिक दूरीको ख्याल गर्दै सडक किनारमा मौन प्रदर्शन गरेका युवा–युवतीले जेल हाल्ने र जरिवाना तिर्ने सरकारी धम्कीको डर नभएको बताएका छन् ।

सरकार जिम्मेवार र जवाफदेही नभएसम्म विरोध जारी रहने पनि उनीहरुको भनाइ छ ।