Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


ड्युटीमा रहेका सैनिकले गोली चलाएर आत्महत्या गरे


0
Shares

काठमाडौं । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् ।

बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।

‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।

आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका विष्टको घटनास्थलमै मृत्यु भएको हो ।