Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


676
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ ।

बसको ठक्करबाट घाइते हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।