Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पूर्व‘आईजीपी’ ठकुरी जेलमुक्त


0
Shares

काठमाडौं, जेठ २९ । भ्रष्टाचारकान्डमा मुछिएका पूर्वप्रहरी प्रमुख रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् ।

एक वर्षका लागि जेल चलान भएका ठकुरीको कारागारमा चालचलन ठिक भएको भन्दै डिल्लीबजार कारागारले बिहीबार सजायको २० दिनअगावै जेलमुक्त गरेको हो ।

सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा ठकुरीसहित प्रहरी अधिकृतहरुलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।

ठकुरीले बहालवाला ‘आईजीपी’ हुँदा भ्रष्टाचारको अभियोग लागेर पद गुमाउन पुगेका थिए ।