२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ललितपुरको धोविघाटमा आगलागी


585
Shares

काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी भएकाे छ ।

धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

प्रहरीका अनुसार आगलागीमा परी ३ जना घाइते भएका छन्। गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्। उनीहरूको अनुहार जलेको छ। उनीहरुकाे कृतिपुर अस्पतालमा उपचार भइरहेकाे छ ।

विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियन्त्रणकाे प्रयास गरिरहेका छन्।