Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आँखा शिविरबाट दुई हजारबढी सेवाग्राही लाभान्वित


130
Shares

पाँचथर । पूर्वी पहाडी जिल्लाका नागरिकहरुलाई लक्षित गरी पाँचथरको फिदिममा सञ्चालित ४ दिने आँखा शिविरबाट २ हजार बढी सेवाग्राही लाभान्वित भएका छन् ।

जनसेवा समाज फिदिम पाँचथरको आयोजना, फिदिम नगरपालिकाको आर्थिक सहयोग, मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट २ सय ५० जनाको शल्यक्रिया, एक हजार नौ सय ६ जनाको चेकजाँच गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।

शिविरको समापन सत्रमा बाेल्दै संविधान सभा सदस्य तथा नेपाली काग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले घर आगनीमै शिविर सञ्चालन गरी सेवा लिने व्यवस्था मिलाएकोमा आयोजक, सहयोग गर्ने फिदिम नगरपालिका तथा मेची आँखा अस्पताल झापा लाई धन्यवाद व्यक्त गर्नुभयो ।

बीरामीहरुलाई मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका बिरामीको आँखा अप्रेसन गरिएको थियो ।

पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका स्थानीयले सेवा लिएका थिए । दृष्टि सम्बन्धी समस्या भएका नागरिकहरु झापासम्म जानुपर्ने र गाउँघरमै सेवा लिन पाएपछि नागरिकहरु हर्षित भएका छन् ।

मेची आँखा अस्पताल झापाका डा. पुरुशोत्तम जोशी, डा. आशिस राज पन्त, शिविर कोडिनेटर सन्तोष कर्णसहित प्राविधिकहरु, पाँचथर अस्पतालबाट स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली शिविरमा खटिएको थियो । गत असोज १ गतेबाट शुरु भएको आँखा शिविर बुधबार सम्पन्न भएको हो ।