Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


पोखरामा युवाहरुको धर्ना


0
Shares

पोखरा, जेठ २९ । कोरोना नियन्त्रणमा सरकार थप प्रभावकारी हुनुपर्ने माग गर्दै बिहीबार पोखरामा युवाहरुले शान्तिपूर्ण धर्ना दिएका छन् ।

धर्नामा सहभागीहरुले औषधि र उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, ‘आरडीटी’ परीक्षण रोक्नुपर्ने, अनावश्यक करको बोझ खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सामाजिक दूरी कायम गर्दै करिब दुई हजार युवाले धर्नामा सहभागिता जनाएका थिए ।

धर्नामा बसेकाहरुलाई एक घन्टापछि प्रहरीले तितरबितर पारेको थियो ।