२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अमेरिकामा कोभिड–१९ बाट दुई लाखभन्दा बढीको मृत्यु हुने विज्ञको अनुमान


0
Shares

एजेन्सी, जेठ २९ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु हुने अनुमान विज्ञहरुले गरेका छन् ।

कोभिड १९ को महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउनेको संख्या आउँदो सेप्टेम्बरसम्ममा दुई लाख पुग्ने विज्ञले बताएका हुन् ।

हार्वर्ड विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिच्यूडका विज्ञले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग सेप्टेम्बरसम्ममा अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्न बताएका हुन् ।

२० लाख संक्रमित नाघेको अमेरिकामा अहिले पनि दैनिक २० हजार मानिसमा संक्रमणको मारमा छन् । तर ट्रम्प प्रशासनले भने लकडाउन हटाएको छ । संक्रमण रोक्न प्रभावकारी प्रयास नभएकैले मृत्यु हुनेको संख्या तीव्र गतिमा बढ्ने हार्वर्डका विज्ञ आशिश झा बताउँछन् ।

उनले भने, ‘संक्रमणको दर तीव्र गतिमा बढेन, अवस्था सुधार नै भयो भने पनि सेप्टेम्बरको कुनै समयमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्ने देखिन्छ । र महामारी सेप्टेम्बरमै अन्त्य हुँदैन ।’