वीरगन्ज, जेठ २८ । पर्सा प्रहरीले एम्बुलेन्सबाट गाँजा तस्करी गरिरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–२७, रामपुर टोलबाट तीनजनालाई पक्राउ गरेको छ ।
बुधबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–५, भौराटारका ३२ वर्षीय हरिशंकर महतो, सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय जितबहादुर वाइवा र २२ वर्षीय दिलबहादुर वाइवा रहेका छन् । प्रहरीकाअनुसार जितबहादुर एम्बुलेन्सचालक हुन् ।
उनीहरुको साथबाट ५६ किलो गाँजा बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको एम्बुलेन्सबाट गाँजा तस्करी भइरहेको पाइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
यसैगरी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा राखेर विभिन्न ‘ब्रान्ड’का रक्सी भारत लगिरहेको अवस्थामा दुईजनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्