काठमाडौं । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार र अपारदर्शीतालाई नसहने बताएका छन् ।
आज संसदमा सांसदहरुले बजेटका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै त्यस्तो पाइएमा सरकारले छानबिन र कारवाही गर्ने बताए ।
दोषी पाइएमा सरकारले त्यस्ता व्यक्तिहरुलाई कठघरामा उभ्याउने उनले दाबी गरे । कोरोना नियन्त्रणका क्रममा व्यापक भ्रष्टाचार भयो भन्ने गुनासो आएका बेला प्रधानमन्त्रीको यो भनाइ आएको हो ।
उनले १० अर्ब खर्च कसरी भयो भन्ने विषयमा केही सांसदहरुले जवाफ मागेको भन्दै सरकारको खर्च गर्ने प्रणाली र प्रक्रिया भएको बताए ।
सरकारले प्रदेश र स्थानीय तहमार्फत बजेट खर्च गरेको भन्दै ती सबैको एक एक हिसाब राख्ने बताए ।
अहिले रोग नियन्त्रण मुख्य कुरा भएकाले सरकार लेखा परीक्षणमा नलागेको उनको प्रष्टोक्ति छ ।
अहिले सरकार काममा केन्द्रित भएको र सांसदहरुलाई पनि कोरोना नियन्त्रणमा ध्यान दिन उनले सुझाएका छन् ।









प्रतिक्रिया दिनुहोस्