१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


तालिबानद्वारा १५० बढी यात्री सवार तीनओटा बस अपहरण


0
Shares

कुन्दुज (अफगानिस्तान), भदौ ४ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंककारी समूहले सोमबार तीनओटा यात्रीबाहक बस अपहरण गरेको छ ।

यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्री परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् ।

अपहरणमा परेका ती यात्रीलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ ।

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेको एक दिनपछि नै यो अपहरण भएको हो ।

मुस्लिम समुदायको महान चाड इदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो ।

सरकारले घोषणा गरेको यस युद्धविरामकाबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । रासस/एपी