Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सवारी आवागमनमा फेरि कडाइ, झन्डै चार हजार सवारी–साधन नियन्त्रणमा


0
Shares

गृष्मा राजभण्डारी, प्रज्ञा तिमल्सिना र भरत केसी (इमेज)

काठमाडौं, जेठ २७ । केही दिनयता उपत्यकामा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम तीव्र भइरहेकोमा मंगलबार भने प्रहरीले कडाइ गरेको छ ।

सवारी–साधनहरुको आवागमनमा कडाइ गर्नुका साथै बजारको चहलपहल पनि नियन्त्रण गर्ने प्रयास गरिएको छ ।

मंगलबार एकाएक सडकमा चेकजाँच बढाएको प्रहरीलाई सवारी–साधनको आवागमन नियन्त्रण गर्न निकै मुस्किल भयो ।

काठमाडौंका कालीमाटी, बल्खु, त्रिपुरेश्वर, थापाथली र सोह्रखुट्टेमा गरी प्रहरीले मंगलबारमात्रै करिब चार हजार सवारी–साधन नियन्त्रणमा लिएको छ । जुन लकडाउन लागू भएपछिकै सबैभन्दा ठूलो संख्या हो ।

नियन्त्रणमा लिइएका सवारी–साधनमा अधिकांश मोटरसाइकल छन् भने कार र ट्याक्सी पनि प्रशस्तै छन् ।

तोकिएको समय पालना नगरेका ढुवानीका गाडीहरु पनि नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रण लिइएका सवारी–साधनलाई चार/पाँच घन्टा ‘होल्ड’ गरी छोड्ने गरिएको छ ।

नियन्त्रणमा लिइएका सवारी–साधनमा विनाकाममा हिँड्नेहरु पनि अधिकांश छन् ।

चेकजाँच र नियन्त्रणका लागि प्रहरीको संख्या पनि अत्यधिक मात्रामा परिचालन गरिएको थियो ।

लकडाउनको अवधि कायमै रहेको बेला मनपरी सडकमा निस्कनेहरुका कारण केही दिनयता ट्राफिक जामको अवस्था आइरहेको थियो ।

कोरोना संक्रमणको रफ्तार झन् बढिरहेको बेला सडक तथा बजारमा बढेको भीडले संक्रमण समुदायस्तरमा पुग्ने चिन्ता पनि बढाएको छ ।

भिडियो हेर्नुहोस्