
काठमाडौं । सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बौं रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् ।
म्याद गुज्रेको वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रूग्ण ठेक्का घोषणा’ गरेको छ ।
विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी समय म्याद थप स्वीकृत नभई गुज्रेका ठेक्का, डिजाइन त्रुटी भई एक वर्षभन्दा बढी अवधिसमम निर्माण कार्य ठप्प भएको ठेक्कालाई रूग्ण ठेक्का घोषणा गरिएको हो ।
रूग्ण ठेक्कामा ८७ वटा सडकसँग सम्बन्धित छन् भने २०७ वटा पुलसँग सम्बन्धित छन् । सडक विभागका अनुसार रूग्ण ठेक्का घोषणा गरिएकामा १० वटा आर्थिक वर्ष २०६९७० भन्द्या अघिका रहेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्