Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


ओलीको संसदमा सम्बोधन-आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?


1.8k
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताउदै परमादेशबाट बनेको सरकार र गठबन्धनलाई आगामी चुनावमा जनताले देखाइदिने चेतावनी समेत दिएका छन् ।

ओलीले संसदमा सम्बोधन गर्दै भने- ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ? प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ ।’

ओलीले स्थानीय तहको चुनावमा सत्ता पक्षबाट सत्ताको दुरुपयोग भएको आरोप लगाउदै आउदो चुनावमा निर्वाचन आयोगले स्वतन्त्र रुपमा निर्वाचन गर्न आग्रह समेत गरेका छन् ।