Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आजदेखि अग्रिम टिकट बुकिङ


533
Shares

काठमाडौं । दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।

शनिबारदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

यात्रुले अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सक्नेछन् । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शनिबारदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुला गरिएको जनाएको छ ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैंका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय भदौ २२ गतेको सरोकारवालाको बैठकले गरेको थियो ।

Skip This