
काठमाडौं । झट्ट हेर्दा ठूलै कम्पनीको ‘कर्पोरेट हाउस’जस्तो । तारे होटलजस्तै पनि देखिने । नझुक्किनु है, यो भवन सरकारी कार्यालयको हो, त्यो पनि वन कार्यालय ।
उदयपुर कटारीस्थित डिभिजन वन कार्यालय यस्तै आधुनिक देखिन्छ । कुनै तारे होटलभन्दा कम छैन । यही कारण पनि यस क्षेत्रकै आकर्षणको केन्द्र बनेको छ, वन कार्यालय ।
घर होस् वा अफिस, सजावट आजको प्रमुख आवश्यकता हो । बदलिँदो जीवनशैलीसँगै सजावटले पनि व्यापकता लिन थालेको छ । आईएनजीओ वा एनजीओको मात्र नभएर सरकारी कार्यालयसमेत आकर्षण केन्द्र बनाइँदै छ ।
सजावटमा विशेष अभिरुचि र बढ्दो मागसँगै फर्निसिङ तथा इन्टेरियर डिजाइनिङसँग सम्बन्धित कम्पनीले परामर्श प्रदान गर्ने चलन बाक्लिन थालेको छ । ग्राहकको ध्यान केन्द्रित गर्न सिर्जनशील हुनैपर्ने डिजाइनर बताउँछन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्