काठमाडौं, जेठ २६ । काठमाडौंका विभिन्न स्थानबाट सोमबार लागुऔषध दुर्व्यसनी र कुलतमा फसेका बालबालिकाको उद्धार गरिएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो ।
उद्धारकाक्रममा सडक बालबालिकामा रुवाबासी चलेको थियो ।
उद्धार गर्नेक्रममा सडकमै रात गुजार्ने केही व्यक्तिहरुले भने अवरोध गरेका थिए ।
‘लकडाउन’को समयमा पनि सडक बालबालिकाको संख्या बढेको जनगुनासो आएकाले उद्धारलाई निरन्तरता दिइएको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।
सोमबार उद्धार गरिएका बालबालिकालाई बौद्धको आरुबारीस्थित सोबर रिकभरी सेन्टरमा राखिएको छ ।
बालबालिका खोजतलास तथा समन्वय केन्द्रले सडकमा रहेका बालबालिका र किशोर–किशोरी पुनःस्थापनाको आफ्नो प्रयासका कारण सडकमा ३० प्रतिशत सडक बालबालिकामा कमी आएको दाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्