Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


न्यायाधीशद्वारा महाभियोग समितिको बोलावट इन्कार


104
Shares

काठमाडौं । महाभियोग सिफारिस समितिले सवालजवाफका लागि बोलाउनुलाई शक्ति पृथकीकरणको सिद्धान्तविपरित हुने भन्दै सर्वाेच्च अदालतका न्यायाधीशहरू नजाने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोगविरूद्ध बयान दिने क्रममा नाम लिएका ६ न्यायाधीशलाई सिफारिस समितिले सवालजवाफका लागि सर्वाेच्चमा पत्र पठाएको थियो ।

सर्वाेच्च अदातलको पूर्ण (सबै न्यायाधीश सम्मिलित) बैठकले सवालजवाफका लागि महाभियोग सिफारिस समितिमा जानुलाई संविधानसम्मत नहुने निर्णय गरेको हो ।

कायममुकायम (कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित ६ न्यायाधीशलाई समितिले पत्र पठाएर बिहीबार बिहान साढे ८ बजे उपस्थितिका लागि पत्र पठाएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।