Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कर्णाली प्रदेशमा थपिए ५४ जना कोरोना संक्रमित


0
Shares

कर्णाली, जेठ २५ । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।  गण्डकी प्रदेशमा ३८ जना र उदयपुरमा तीन जना छन् ।

स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा गरिएको परीक्षणमा ३ जना र सुर्खेतका प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जना गरी कर्णाली प्रदेशमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरुमा सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णाली प्रदेशमा अहिलेसम्म ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीमा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ भने ७ जना निको भएका छन् ।