काठमाडौं, जेठ २५ । जनता समाजवादी पार्टी दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने भएको छ ।
पार्टीका नेता नवराज सुवेदीले ५ बजेभित्र दल दर्ताका लागि निर्वाचन आयोग पुग्ने जानकारी दिए ।
बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच पार्टी एकीकरण सहमति भएको थियो ।
यसअघि नेतृत्व विवादका कारण ४५ भित्र गर्नुपर्ने दल दर्तामा विवाद देखिएको थियो ।
तर, पाँच जना पदाधिकारी रहने सहमति पछि विवाद मिलेको नेताहरुले बताएका छन् ।
सहमति अनुसार पार्टीमा तीन जना अध्यक्ष रहने छन् ।








प्रतिक्रिया दिनुहोस्