Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सर्‍यो


65
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ।

त्यस्तै कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।