Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


डुबान रोक्न खोलाको धार नियन्त्रणको काम तीव्र


0
Shares

बारा । बाराको निजगढ बजारसँगै जोडिएको बकैया खोलाको धार नियन्त्रणका काम थालिएको छ ।

हरेक वर्ष वर्षायाममा आएको बाढीले खोलाको धार परिवर्तन गरेर हुनसक्ने सम्भावित संकट रोक्न खोलाको प्रवाहलाई मूल धारमा ल्याउन थालिएको हो ।

बकैया खोलाको करिब १ हजार मिटर ड्यामलाई बाढीले भत्काउने खतरा बढेसँगै नगरपालिकाले थप सर्तकता अपनाउन थालेको हो ।

चालू आर्थिक वर्षमा नगरपालिकाले नदीजन्य सामग्री उत्खनन् र ओसारपसारका लागि निजी कम्पनीहरुलाई ठेक्का लगाएर उत्खनन गर्न अनुमति दिएको हो ।