Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको संख्या घट्यो, आज चार सय ६५ भित्रिए


0
Shares

कञ्चनपुर । गड्डाचौकी नाकाबाट भित्रिने नेपालीहरुको संख्या घट्दै गएको छ ।

गड्डाचौकी नाकाबाट आज चार सय ६५ जना नेपाली नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लकडाउनका कारण दुई महिना सिल गरिएको गड्डाचौकी नाकाबाट गत जेठ १२ गते यता २४ हजार तीन सय ५१ जना नेपाली स्वदेश भित्रिएका छन् ।

यस्तै दुई हजार पाँच सय ४७ जना भारतीय नागरिकलाई स्वदेश फर्काइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार गड्डाचौकी नाकाबाट गत जेठ १७ गते सबैभन्दा बढी तीन हजार तीन सय ५२ जना नेपाली भित्रिएका थिए भने सबैभन्दा कम आज चार सय ६५ जना भित्रिएका छन् ।

भारतका विभिन्न शहरहरुबाट आएका नेपालीहरु दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी नाका खोलेको हो । 

Skip This