Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


विदेशबाट फर्किने नेपालीहरुलाई राख्न चारतारेलगायत सुविधा सम्पन्न ४७ वटा होटल तयार


0
Shares

काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटलहरुको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा पर्यटकस्तरका होटलदेखि चारतारे होटलसम्म रहेका छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अन्य देशबाट पनि नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् ।