बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङमा पर्ने निसीखोला खण्डमा लकडाउनको समयमै कालोपत्रे भइरहेको छ ।
बागलुङ बजारदेखि घोडाबाँधे सडक खण्डको २५ किलोमिटर कालोपत्र गर्न ढिलाइ भइरहेको अवस्थामा जिल्लाको अत्यन्तै दुर्गम मानिने निसीखालामा लोकमार्गको काम सामाजिक दुरी कायम गरी धमाधम भइरहेको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
मध्यपहाडी लोकमार्गको निसीखोलामा पर्ने ४१ किलोमिटर सडकमध्ये गत वर्ष साढे १४ किलोमिटर सडक कालिका प्यासिफिक निर्माण सेवाले कालोपत्रे सम्पन्न गरिसकेको छ ।
अहिले ढोरपाटन नगरपालिका–२ शेरा बजारदेखि निसीखोला–५ बडाबनखोलासम्मको १७ किलोमिटर सडकमा लकडााउनमै १० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।
थापाले केही दिनमै ७ किलोमिटर कालोपत्रे समेत सम्पन्न हुने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्