Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


क्यासिनोबाट ८४ लाख मनोरञ्जन कर संकलन


234
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् ।

पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए ।

उनले भने, ‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित पुर्‍याएर चल अचल सम्पत्तिबाट कर संकलन गर्नेछौं । पत्राचार र सूचना प्रवाह भएपछि कर भुक्तानीमा सकारात्मक अवस्था आएको छ ।’

महानगरपालिकालाई आर्थिक वर्ष २०७५/०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन् । भदौ १९ मा महानगरपालिकाको राजस्व विभागले पत्राचार गरेका म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, र्‍याडिसन होटलको क्यासिनो र्‍याड, हायात होटलको प्राइड इन्टरटेनमेन्टएण्ड रिक्रिएसन, सोल्टी होटलको मायोज इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटेलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।