Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौंको सडकमा सास्ती नै सास्ती


1.3k
Shares

काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ ।

भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ ।

बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले भीआईपीको सवारीका समय विकल्प खोज्न सर्वसाधारणलाई अनुरोध गर्ने गरेको छ । तर, सरकारले वैकल्पिक बाटो निर्माणमा चासो नदिँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।