Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बाजुराको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु


0
Shares

कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको एक क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।

जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा राखिएका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।