काठमाडौं । नेपाली जनताले लामो समयदेखि एउटै पार्टीको बहुमतको सरकारको चाहना राख्दै आएका थिए ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि त्यो चाहना पूरा पनि भयो ।
त्यति राम्रो होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकारमा गएपछि मुलुकले दुई तिहाइ बहुमत नै प्राप्त सरकार पायो ।
तर, जुन जोगी आए पनि कानै चिरेका भनेको जस्तो संघीय संरचनाका मन्त्रीहरुका अहिलेसम्मका दिन विगतका सरकारको पालामा जस्तै औपचारिकतामा बितिरहेको छ ।
उनीहरुका दिनचर्या उदघाटन, पार्टीका कार्यक्रममा भाषण, सभा समारोहमा अतिथि आसनग्रहण, शिलान्यास, पुस्तक विमोचनमै बित्यो ।
नीति निर्माण तहमा पर्याप्त ध्यान नदिंदा ६ महिना वितिसक्दासम्म परिणाम भने हात लाग्यो सून्य छ ।
चीनमा प्रधानमन्त्री बर्षमा एक दुई पटक मात्र सार्बजनिक कार्यक्रममा देखिन्छन तर हाम्रा मन्त्रीहरुलाई दिनहुँ दर्जनौं कार्यक्रममा जानुपर्छ । -नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया दिनुहोस्