Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


पोखरामा ‘लकडाउन’ उल्लंघनको क्रम तीव्र


0
Shares

पोखरा, जेठ २२ । पोखरामा ‘लकडाउन’को असर कम पर्दै गइरहेको छ ।

पोखराका विभिन्न मुख्य चोकमा सवारी–साधनको बाक्लो चाप र पार्किङमा भरमार सवारी देखिएका छन् ।

खाद्यान्नका पसल सञ्चालनमा रहेपनि पोखरामा केही स्थानमा फेन्सी, भाडा पसलहरु पनि खुलेका छन् ।

वित्तीय संस्थामा सेवाग्राहीहरुको थुप्रै लाम देखिएको भने ढुवानी सेवाहरु सञ्चालनमा आइरहेका छन् । 

लकडाउनकैबीच आकाशेपुल निर्माणका लागि बेसमेन्ट बनाउने काम अन्तिम चरणमा पुगेको छ । खानेपानीको पाइपलाइन विस्तारको कामसमेत भइरहेको देखिन्छ ।

लकडाउन ‘मोडल’ परिवर्तन गर्नेबारे संघीय सरकारले चर्चा गरेपनि त्यसबारे ठोस निर्णय सार्वजनिक भइसकेको छैन ।

लामो लकडाउनका कारण जनजीवन प्रभावित हुँदा स्वतस्फूर्त पसलहरु खुल्न थालेका छन् ।