
काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधिसभाको कार्यकाल आफैं सकिने भएकाले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संसद्को चालु बर्खे अधिवेशन जेठ ३ देखि सुरु भएको हो ।
सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन। सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोतले बतायो । अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ ।
प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्र रहेकाले सरकारले त्यसअगावै संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्दा राम्रो हुने स्रोतले बतायो । यो अधिवेशन अन्त्य नगरी कार्यकाल समाप्त हुँदा सरकारले बीचमा खेल्ने ठाउँ पाउने एकथरी विश्लेषकको विष्लेषण छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्