Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘सरकार निर्विवेकी र गैरउत्तरदायी बन्दै गयो’


0
Shares

काठमाडौं, जेठ २१ । नेपाल विद्यार्थी संघले सरकार महामारीमा रहेका जनताका विरुद्धमा लागेको आरोप लगाएको छ ।

एकातिर जेठ ३२ गतेसम्म ‘लकडाउन’ घोषणा गर्ने र अर्कोतर्फ ‘जेठ २५ भित्रमा कर बुझाऊ’ भनेर उर्दी जारी गर्ने निकृष्ट व्यवहार भएको संघको भनाइ छ ।

‘उद्योग, व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा कर कसरी तिर्ने ? यस्तो अमानवीय व्यवहार गर्न कसैलाई छुट छैन’–संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उद्योग, कलकारखाना ठप्प भएको, श्रमजीवी मजदुरहरुको चुलो बल्न छाडिसकेको र व्यापार–व्यवसाय चौपट भइरहेको अवस्थामा सरकार निर्विवेकी र गैरउत्तरदायी बन्दै गएको आरोपसमेत उनले लगाएका छन् ।

लकडाउन अवधिभरलाई शून्य समय मानेर योबीचको कर मिनाहा गरी राहत प्याकेजसहित व्यावसायिक सहजताका लागि भूमिका निर्वाह गर्नुपर्नेमा त्यसविपरीतको कार्य भएको संघले जनाएको छ ।