Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सप्तरीमा झडप, दुई दर्जन व्यक्ति घाइते


0
Shares

शिवहरि प्रसाद भट्टराई (इमेज)

राजविराज, जेठ २१ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, हाटीमा बुधबार दुई पक्षबीच झडप भएको छ । झडपमा करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपकैक्रममा अवस्था तनावपूर्ण बनेपछि प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको छ ।

अहिले अवस्था नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले बताए ।

झडपमा घाइते भएकामध्ये १५ जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको उनले जानकारी दिए ।

जग्गा घेरबार गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो । झडपमा दुवै पक्षका गरी दुई दर्जन व्यक्ति घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा परी स्थानीय धीरेन्द्रप्रसाद यादव, वीरेन यादव, गजेन्द्र मण्डल, रमणकुमार साह, राम यादव, पृत्तम यादव, सुदन साह, ताहिर मन्सुरी, इद्रिश मन्सुरी, गुलाव मन्सुरी, उसमान मन्सुरी, मुखतार मन्सुरी, मनीर मन्सुरी, कमरुद्दिन मन्सुरी, नइम मन्सुरीलगायत घाइते भएका छन् ।

Skip This