Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


चेकजाँचमा कडाइ, बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा


0
Shares

काठमाडौं, जेठ २१ । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले बुधबार चेकजाँचमा कडाइ गरेको छ ।

प्रहरीले बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्नुुपर्ने माग सर्वत्र उठ्न थालेकै बेला पासबिना सवारी–साधनहरु गुड्न थालेपछि प्रहरीले कडाइ गरेको हो ।

यसैक्रममा काठमाडौंका विभिन्न क्षेत्रबाट बुधबार बिहानमात्रै एक हजार ३०० भन्दा बढी सवारी–साधन नियन्त्रणमा लिइएको छ ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालले लकडाउन जारी रहेका बेला अत्यधिक सवारी–साधन गुड्न थालेकोले चेकजाँचमा कडाइ गरिएको बताए ।